गठबन्धनको समस्या मिलाउन कांग्रेस सभापति देउवाले कास्कीका नेतालाई काठमाण्डौ बोलाए

 वैशाख ६, २०७९ मंगलबार ८:२७:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की - सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ ।

पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो । कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनबीचमा सहमति जुट्न सकेको छैन । कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकाल तथा नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेश थापा र टुकराज बाँस्तोलाले हिजो विज्ञप्ति निकालेर पोखरामा मित्रवत प्रतिस्पर्धा अर्थात एक्ला–एक्लै चुनाव लड्ने बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बिहान ११ बजेपछि बस्ने तयारी छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया