चितवन कांग्रेसकाे निर्देशन : केन्द्रकाे परिपत्रभन्दा बाहिर गएर भेला, गाेष्ठी नगर्नू

 वैशाख ९, २०७९ शुक्रबार ११:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । 

जिल्ला सभापति राजेश्वर खनालले आज शुक्रवार एक विज्ञप्ति निकालेर केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु ।’

‘आसन्न पालिका चुनावमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै  केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ । 

चितवनमा पाँच दलीय गठबन्धनले चुनावमा तालमेल गरेर जाने सहमति भइसकेकाे छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh Bhattarai

    April 22, 2022, 12:15 p.m.

    काँग्रेस इतरलाई भोट नहाल्ने १० बुँदे घोषणा त २४ घण्टा नपुग्दै तुहिएको हो कि हात्तीको बण्डलले गर्भपतन गराइएको हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया