सगरमाथा आरोहणका लागि वैकल्पिक बाटो खोज्न सुरु

 बैशाख १०, २०७९ शनिबार १८:३४:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा आरोहणका लागि वैकल्पिक बाटोकाे खोजी सुरु गरिएको छ । ७० वर्षीय फ्रान्सेली नागरिक माक बटर र खुम्बु पासाङल्हमु गाउँपालिका १ बुप्साका पासाङ नुरु शेर्पाले नुप्चे हिमाललाई आधार मानी खुम्बु आइसफलको विकल्पको बाटो खोजी तथा निर्माण कार्य थालेका हुन् ।

माक बटर १६ वर्ष पहिला अक्सिजन बिना सगरमाथाकाे आरोहण गरेका व्यक्ति हुन भने शेर्पा १७ पटक सगरमाथा आरोहण गरेका व्यक्ति हुन् । उनीहरुले अहिलेको सगरमाथा आरोहण गर्ने सिजनबाट बाटो खोजी तथा निर्माण कार्य सुरु गरेको दलका सदस्य पासाङ नुरु शेर्पाले जानकारी दिनुभयाे । खुम्बु आइसफल बाटो ज्यादै कठिन र दुर्घटना अत्यधिक हुने भएका कारण  पीडालाई सहज होस् भन्ने उद्देश्य स्वरुप बाटो खोजी तथा निर्माण गर्ने नुरु शेर्पाले बताउनुभयाे ।

बाटो खोजी तथा निर्माण कार्य नुप्से हिमाललाई आधार मानी खुम्बु आइसफललाई छलेर उक्त बाटो क्याम्प १ मा जोड्ने र क्याम्प १ बाट पुरानो बाटो नै प्रयोग गरेर शिखर चुम्ने उद्देश्य राखिएको छ । माक बटरले भने खुम्बु आइसफलकाे विकल्प दिएर बिना अक्सिजन सगरमाथा आरोहण गर्ने उद्देश्य राखेको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया