बाँकेमा प्रमुख दलको मनोनयन आज

 बैशाख १२, २०७९ सोमबार ७:१८:० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेमा पालिका चुनावका लागि प्रमुख दलहरुले आज उम्मेदवारी मनोनयन दर्ता गर्दैछन् ।

आठवटै पालिकामा मनोनयनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि छुट्टाछुट्टै समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठ तहमध्ये अहिलेसम्म सत्तारुढ गठबन्धनमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच खजुरा गाउँपालिकामा मात्रै गठबन्धन गर्ने सहमति भएको छ । राप्रपा लगायत साना दलहरुको तर्फबाट हिजाे नै मनोनयन दर्ता गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाबाट नन्दलाल वैश्य र उपमेयरमा बिन्दु चर्तीमगरको मनोनयन दर्ता भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया