पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन

 वैशाख १२, २०७९ सोमबार १२:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले देशैभरि पाँच दलको एउटै उम्मेदवार हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिलाई अगाडि बढाउनुका साथै आज पाँच दलको जुन निर्णय भएको छ, त्यही निर्णयअनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ ।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराउनेलाई पनि सहमतिमा ल्याउने बताउनुभयो । 

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया