शिवपुरी निकुञ्जमा आगलागी, हेलिकप्टरबाट पानी खन्याइँदै

 बैशाख १३, २०७९ मंगलबार १७:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज मङ्गलवार काठमाण्डौको विभिन्न जङ्गलमा आगलागी भएको छ । अहिले बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेकाे तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ ।  

आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिएको छ, हेलिकप्टरले पानी खन्याइरहेकाे छ । यस्तै दमकल, पानी ट्याङकर, निकुञ्जको सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । आगो फैलिँदै गएको मैनालीले बताउनुभयो । 

दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गलमा र टोखाको सपन तीर्थ जङ्गलमा पनि आगो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको आगो  भने निभाइसकिएको छ ।

तस्बिर : अनिक थिङकाे फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया