किएभकाे सुरक्षा 'ग्यारेन्टर' का रूपमा चीनकाे सम्भावना : युक्रेनी विदेशमन्त्री

 वैशाख १८, २०७९ आइतबार १३:५४:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : 'किएभ पाेस्ट' बाट

युक्रेनका विदेशमन्त्री दिमित्राे कुलेबाले किएभले चीनलगायत संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताउनुभएकाे छ । 

चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताउनुभयाे । कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ ।

युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार ‘किएभले अब यूएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टर मध्ये एक बन्न प्रस्ताव गरिरहेको छ ।’

उहाँले भन्नुभयाे, बेइजिङले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने किएभले आशा राखेको छ । 

रुसले गएकाे फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही सुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका नागरिकलाई जोगाउने लक्ष्य रहेको बताउनुभएकाे थियाे । ‘जो आठ वर्षदेखि किएभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन् ।’ त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया