पालिका चुनाव : प्रचारप्रसार तीव्र, झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार घरदैलोमा

 वैशाख १९, २०७९ सोमबार १०:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्  । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।

दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन् ।

यस्तै, चुनावी कार्यक्रमले व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेका छन् । गाउँ टोलमा रहेका होटल रेस्टुरेन्टदेखि सहरका होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेको छ ।

बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अन्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । चितवनका पोल्ट्री व्यवसायी शङ्कर कँडेलले  अन्डा र मासुको माग बढेको बताउनुभयो । 
 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया