अप्रिलमा नेपाल आउने पर्यटकको सङ्ख्या झन्डै १६० प्रतिशतले बढ्यो

 वैशाख १९, २०७९ सोमबार १४:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ ।

यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने बाँकी तेस्रो देशका नागरिक हुन् ।

अघिल्लो वर्ष अर्थात सन् २०२१ को अप्रिल महिनामा २२ हजार चार सय ५० जना आएका थिए । यस्तै सन् २०२० को अप्रिल महिनामा १४ जना मात्रै विदेशी पर्यटक आएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटन व्यवसाय प्रभावित भएको थियो । यस वर्षदेखि पर्यटन व्यवसायमा सुधार देखिएको छ । यस वर्षको अप्रिलमा आएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने ५३ प्रतिशतले कम हो ।

सन् २०१९ को अप्रिल महिनामा  एक लाख नौ हजार तीन सय ९९ जना पर्यटक नेपाल आएका थिए । यो तथ्याङ्क विमानमार्फत नेपाल आउनेहरुको हो । यो वर्ष पर्वतीय पर्यटनमा सबैभन्दा बढी उत्साह देखिन्छ ।

यस वर्षको वसन्त याममा नेपालका २५ वटा हिमाल आरोहणका लागि आठ सय ९९ जनाले अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को भन्दा पनि धेरै हो । हिमाल आरोहणका लागि आएका ७४ देशका नागरिकमध्ये सबैभन्दा धेरै अमेरिकाका एक सय ३३ जना रहेका छन् ।  

फोटो : सेभेन समिट ट्रेक प्रालि

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया