पालिका चुनाव : ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

१ सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने

 बैशाख १९, २०७९ सोमबार १७:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताउनुभयो । एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।

यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो । 

यस्तै आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता विपरीतको प्रचार सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ । आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा दलको झण्डा, उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने प्रावधान रहेको भन्दै त्यसो नगर्न भनेको छ ।

त्यसैगरी राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूबाट भए गरेका आचारसंहिता उल्लङ्घनका विषयमा आयोगको ध्यानाकर्षण भएको पनि सहायक प्रवक्ता अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया