च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनलाईन सेयर कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त बनाउन मंगलबारदेखि मोक ट्रेडिङ्ग सुरु गर्ने भएको छ ।
यसअघि सीमित लगानीकर्ता तथा सेयर दलाललाई मोक ट्रेडिङ्ग गराएको नेप्सेले मंगलबारदेखि आम लगानीकर्ता मोक ट्रेडिङ्गमा सहभागि हुन सक्ने जनाएको हाे । लगानीकर्ता अहिले भने मोक ट्रेडिङ्गमा कम्युटरबाट मात्र सहभागि हुन सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।
मोक ट्रेडिङ्गमा लगानीकर्ताले आफैँ सेयर खरिद विक्रिको लागि आदेश दिन सक्नेछन् । नेप्सेले सोमबार पत्रकार सम्मेलन गरि मोक ट्रडिङ्गको यूजर म्यानुअलसमेत सार्वजनिक गरेको छ ।
यो ट्रेडिङ्ग अभ्यासको लागि मात्र भएकोले यसमा कारोबारको राफसाफ भने नहुने तर रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा रहने साउदले बताउनुभये । लगानीकर्ताले आफूले दिएको अर्डर र कारोबार हेर्न सक्नेछन् भने अर्डर रद्ध वा परिवर्तन गर्नसक्ने फिचर पनि हुनेछ ।
मोक ट्रेडिङ्ग वास्तविक कारोबार नभए पनि यो अनलाईन कारोबारको लागि अभ्यस्त बनाउन लागू गरिएको नेप्सेले जनाएको छ ।
मोक ट्रेडिङ्गमा सहभागिता जनाउन हरेक लगानीकर्ताले आफूले कारोबार गर्ने सेयर दलाल कार्यालयबाट युजर नेम र पासवर्ड लिनुपर्छ । पूर्ण अनलाईनबाट सेयर कारोबार भने २ महिनापछि मात्र सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।