सत्ता गठबन्धनले चितवनमा आमसभा गर्ने, सबै शीर्ष नेतासहित गगन र शेखरको पनि सम्बोधन

 वैशाख २०, २०७९ मंगलबार १४:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ गठबन्धनले पर्सि चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गर्ने भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेको र नेकपा एमालेले भरतपुरमा जित निकाल्न हरसम्भव प्रयास गरिरहेकोले चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएर आमसभा गर्न लागेका हुन् ।

आमसभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तयारी छ ।

आमसभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि सम्बोधन गर्ने भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ ।

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी परेकाले पार्टी तथा गठबन्धनमा एकता देखाउनका लागि पनि गठबन्धनले गगन थापा, शेखर कोइराला लगायतका नेतालाई आमसभामा लैजान लागेको हो। 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया