पूर्वी नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप : चार जना घाइते

 बैशाख २१, २०७९ बुधबार ९:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् ।

उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तोडफोड भएको छ । घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि चितवन पठाइएको छ । पाण्डे २०७४ सालमा भएको पालिका चुनावमा हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । झडपपछि उत्पन्न अवस्थालाई शान्त पार्ने प्रयास भैरहेको र विभिन्न दलका प्रतिनिधिबीच समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया