धनगढी–ताक्लाकोट द्रुतमार्ग निर्माण गर्छौँ : मन्त्री आले

 बैशाख २१, २०७९ बुधबार १२:२६:३६ | विमल बिष्ट
unn.prixa.net

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङकाे उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ ।

धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुग्नुभएका मन्त्री आले डोटी पनि पुग्नुभएको थियो । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नु भएका मन्त्री आलेले यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म जोड्न द्रुतमार्ग निर्माणका लागि पहल चालेको छु, मैले उक्त सडक निर्माण गरेर देखाउँछु ।’

उहाँले यो सडक निर्माणको लागि आफूले एसियाली विकास बैंक (एडीबी)सँग पहल चालेको पनि बताउनुभयो । मन्त्री आलेले कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म सडक जोडिए चिनका पर्यटकहरु पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटकहरु यहाँ भित्रयाउन सके यहाँको विकासमा सहज हुने जिकिर गर्नुभयो । 

यस्तै, मन्त्री आलेले विगतमा सुदूरपश्चिममा विकास निर्माणका काम कम हुने र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम पूरा गरेर देखाउने दाबी गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया