‘देश दुर्घटनामा जान्छ’ भन्दै तर्साएर भाेट माग्न पाइँदैन : अध्यक्ष ओली

 बैशाख २५, २०७९ आइतबार १४:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले नागरिकलाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएकाे छ । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा हँसिया हथाैडामा भाेट नहाले देश दुर्घटनातिर जान सक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

आज आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयाे, ‘जनतालाई भय र डरविना चुनावमा सहभागी हुने वातावरण हुनुपर्छ । गठबन्धनका एक जना हर्ताकर्ता, मै हुँ भन्ने नेताले जनतालाई धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट माग्न पाइन्छ ? जनतालाई धम्क्याउनु सोझै आचारसंहिता विपरीत हो कि होइन ? यो अत्यन्तै गलत कुरा हो । अराजनीतिक कुरा हो ।’

कार्यक्रममा ओलीले आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलसँग परामर्श नगरि आचारसंहिता बनाएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आयोगले कांग्रेसको कुरा मात्रै सुनेर चुनावकाे मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताउनुभयो । अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हामी राजनीतिक दलहरूसँग समेत परामर्श गरेर निर्वाचन आयोगले आचारसंहिता बनाउनुपर्ने हो । यसपटक आयोगले हामीसँग कुनै परामर्श गरेन, सत्ता गठबन्धनसँग मात्रै परामर्श गर्‍याे । नेपालमा राजनीतिक दल भनेको कांग्रेस मात्रै हो ? रङ फेर्नपर्छ भने अरू राजनीतिक दललाई बोलाउनुपर्दैन ?’

अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने सङ्कल्प लिएको बताउनुभयो । उहाँले नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sunil shrestha

    May 8, 2022, 4:06 p.m.

    संकल्प लिएर, मुखले बोलेर मात्र हुने भए त , हाम्रो यात्रा पानीजहाज र रेलमा हुनेथियो होला / अनि दावी गर्दैमा नेपाल विश्वमा सर्वश्रेस्ठ बन्ने भए यो एक जोडी हात खुट्टाको के काम ???? गफ धेरै भयो क्या !

  •  0 Reply

तपाईको प्रतिक्रिया