च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले देशका ठूला विकास निर्माणका आयोजनामा लगानी जुटाउने काम भैरहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले साना र मझौला आयोजना स्थानीय तह र प्रदेशले हेरिरहेको भन्दै अर्थ मन्त्रालयले ठूला आयोजनाको लागि लगानी जुटाउन लागिपरेको जानकारी दिनुभयो ।
‘पूर्वपश्चिम राजमार्गका कुन–कुन ठाउँमा क–कसले लगानी गर्ने भए, रेलमार्गमा कस्ले लगानी गर्छ, ठूला जलविद्युत आयोजना र विमानस्थलमा कसले लगानी गर्दैछ भन्ने विषयमा म अर्को महिना बताउनेछु, धेरै आयोजनामा कस्ले लगानी गर्ने भन्ने कुरा अन्तिम चरणमा पुगेको छ’, मन्त्री खतिवडाले भन्नुभयो ।
अर्थमन्त्रीले ठट्यौली पारामा पत्रकारसँग भन्नुभयो, ‘मैले त ६ वटा सुरुङमार्ग पनि बनाउने भनेको थिएँ, त्यो चाँही तपाईँहरुले सोध्नुभएन, तर यी जम्मै कुराहरु म अर्को पत्रकार सम्मेलनमा भन्नेछु, सबै ठूला आयोजनामा दातृ निकायसँगको सहयोग जुटाउने कुरालाई हामीले माथिल्लो चरणमा पुर्याइसकेका छौं ।’
सरकारको अहिलेको प्राथमिकता विदेशी सहायता र लगानी जुटानउमा केन्द्रित रहेको पनि उहाँले बताउनुभयो । १ सय १ मेगावाट क्षमताको तामाकोशी पाँचौ परियोजनामा एसियाली विकास बैंकले १५ अर्ब लगानी गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।