पालिका चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

 बैशाख २६, २०७९ सोमबार ११:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार केन्द्रित अधिकार नागरिकको घर दैलोमा स्थापित गराउन पालिका चुनाव कोशेढुङ्गा साबित हुने दाबी गर्नु भएको छ ।

आज विज्ञप्ति निकाल्दै प्रचण्डले चुनावलाई आफूले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएको पनि बताउनु भएको छ ।

उहाँले अहिले सङ्घीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका आरोप लगाउनु भएको छ ।

यस्तै, उहाँले साँचो अर्थमा खोजेको सङ्घीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि नागरिकले अनुभूति गर्न नसकेको प्रचण्डको दाबी छ । त्यसैले पालिकालाई अधिकारसम्म तुल्याउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती कायम रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया