गठबन्धनले नजिते गणतन्त्र नै समस्यामा पर्ने प्रचण्डकाे जिकिर

 बैशाख २७, २०७९ मंगलबार २०:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज मङ्गलवार मधेस प्रदेशका धनुषा, सर्लाही र रौतहटका विभिन्न पालिकामा आयोजित चुनावी सभामा पुग्नुभयो । 

निकै व्यस्त रहनुभएका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै यदि सत्ता गठबन्धनले चुनाव नजितेमा अस्थिरता कायम हुने र गणतन्त्रलगायतका उपलब्धि नै समस्यामा पर्ने जिकिर गर्नुभयाे ।  

यसैबीच राैतहटकाे दुर्गाभगवती गाउँपालिकामा भएकाे चुनावी सभामा सम्बाेधन गर्दै उहाँले चुनावलगत्तै तराईमा नागरिकता र लालपूर्जा बाँड्ने आश्वासन दिनुभयाे । जेठ ३ गते सुरु हुने संसद् अधिवेशनबाट नागरिकता विधेयक पास गर्ने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया