आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

 बैशाख २८, २०७९ बुधबार ११:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया