प्रधानमन्त्रीकै तहबाट निर्णय नभई किसान पेन्सन योजना अघि बढाउन सकिन्न: मन्त्री खनाल

 असोज २, २०७५ मंगलबार १८:३९:१८ | उज्यालो सहकर्मी

काठमाडाैं - कृषि तथा पशुपंक्षी मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र परेको छ ।

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिएको स्वीकार गरेसँगै याे योजना अलपत्र परेको हो ।

मंगलबार आफ्नो मन्त्रालयको ६ महिनाका मुख्यमुख्य उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस योजनालार्इ अघि बढाउन आफू एक्लैले नसक्ने उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्री डा. युवराज खतिवडासँग आवश्यक छलफल गर्ने पनि बताउनुभयो ।

हरिबोल गजुरेल कृषिमन्त्री हुँदा यो योजना अघि सारिएको थियो । मन्त्री खनालले योजना अघि बढाउन राष्ट्रिय किसान आयोगलाई जिम्मेवारी दिइएको पनि बताउनु भयो । प्रधानमन्त्रीकै तहबाट निर्णय नभई किसान पेन्सन योजना अघि बढाउन नसकिने मन्त्री खनालको स्पष्टिकरण छ ।

मन्त्री खनालले ६ महिनाको अवधिमा मन्त्रालयले खाद्य स्वच्छता, कृषि व्यवसाय प्रवद्र्धन, बीउबीजन ऐनलगायतका एक दर्जनभन्दा बढी कानुन निर्माणको काम सम्पन्न गरिएको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया