कर्णाली प्रदेशका सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान चल्दै

 बैशाख ३०, २०७९ शुक्रबार ९:२३:१४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

कर्णाली प्रदेशभर शान्तिपूर्णमा रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

मतदाताहरू बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन् ।  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहित भएर मतदानमा सरिक भएका छन् ।

कर्णाली प्रदेशमा १ हजार ३ सय ८५ मतदान केन्द्र र ९०७ मतदान स्थल रहेका छन् ।  कर्णालीमा दश लाख १ हजार २ सय ८२ मतदाता छन् । सुर्खेतमा २ सय ९१ मतदान केन्द्र र १३८ मतदान स्थल रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया