बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने
जेठ १५, २०८० सोमबार
स्याङ्जा - स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।
उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएकाे छ ।
अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।