उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - ६ वटा महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । काठमाण्डौमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।
चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि मात्रै हुने भएको हो ।
मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्वदलीय बैठकले आज बिहान मतगणना गर्ने निर्णय गरेको हो ।
कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ । पर्साको वीरगञ्ज महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । अरु धेरै पालिकामा पनि आज बिहानदेखि मात्रै मतगणना सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।