सोलुखुम्बुमा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गयो

 बैशाख ३१, २०७९ शनिबार ८:४३:५ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया