बाराको जितपुरसिमरा उपमहानगरपालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार ९:२९:५६ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको जितपुरसिमरा उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

बिहान चार बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी गराउनु भयो । जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २४ बाट मतगणना सुरु भएको हो।

कलैया उपमहानगरपालिकामा पनि अबको केही बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी गराउनु भयो । सर्वदलीय बैठक बसिरहेको र अबको केही समयमा वडा नम्बर–१ बाट मतगणना सुरु गरिने रेग्मीले जानकारी गराउनुभयो।

अन्तिम अपडेट: चैत ८, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया