काठमाण्डाैमा बालेन शाहकाे अग्रता कायमै, केशव स्थापित ३१ मतले पछि

 वैशाख ३१, २०७९ शनिबार २०:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ । 

काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले ६ सय २ मत ल्याएर अग्रतालाई कायमै राख्नुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ सय २६ र राप्रपाका उम्मेदवार विनिता मगैयाले पनि १ सय २६ मत नै प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया