सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

 जेठ १, २०७९ आइतबार ८:३४:१६ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । ५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ । बाँकी वडामा नेकपा एमालेले जितेको निर्वाचन समितिले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया