हप्तामा दुई दिन बिदा आजदेखि कार्यान्वयन

 जेठ १, २०७९ आइतबार ९:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन भएको छ । अब शनिवार र आइतवार बिदा हुुनेछ ।

प्रशासन क्षेत्रमा कार्यघण्टा बढेको छ । शनिवार र आइतवार बिदा हुने भएपछि कार्यालय समय बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म हुनेछ । शिक्षण संस्थामा शुक्रवारको आधा दिन हुँदै आएको छुट्टी बढाउने र वार्षिक बिदा कट्टा गरेर पठनपाठन हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले २०४७ र २०५६ सालमा केही समयका लागि हप्ताको दुई दिनको बिदा दिने अभ्यास सुरु भएको थियो । त्यसबाट सेवा प्रवाहमा कठिनाइ भएको गुनासोपछि सरकारले फिर्ता लिएको थियो । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया