ललितपुर महानगर : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता, वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी

 जेठ १, २०७९ आइतबार ९:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार महर्जनले ८ सय २३ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उपमेयर उम्मेदवार मञ्जली शाक्य ४ सय २० मतसहित अगाडि हुनुहुन्छ ।

गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ६७ मत ल्याउनु भएको छ ।

यसैबीच, ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो वडामा स्वतन्त्र उठेका निर्मल तण्डुकार ६ सय ६१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी ध्रुबलाल तण्डुकारले ३ सय ८१ मत प्राप्त गर्नुभयो । 

  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया