ललितपुरको काेञ्ज्याेसाेममा एमालेलाई र वाग्मतीमा कांग्रेसलाई अग्रता

 जेठ १, २०७९ आइतबार ९:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको काेञ्ज्याेसाेम गाउँपालिकामा एमालेले अग्रता बनाएको छ । अहिलेसम्म एमालेका उम्मेदवार कृष्णमान लामाले एक हजार ५ सय ३३ मत पाउनु भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार गोपिलाल सिंतानले ९ सय ७५ र राप्रपाका उम्मेदवार मानबहादुर तामाङले ८४ मत पाउनु भएको छ ।

ललितपुरको वाग्मती गाउँपालिकामा भने नेपाली कांग्रेसलाई अग्रता छ । कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चनले ५ सय ८५ मत प्राप्त गर्नु भएको छ भने हर्का प्रतिस्पर्धी एमालेका उम्मेदवार नवराज सञ्जेलले ४ सय ६५ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया