माओवादी र समाजवादीको गठबन्धन रहेको मन्त्री आलेको पालिका बडीकेदारमा कांग्रेस विजयी

 जेठ १, २०७९ आइतबार ९:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मन्त्री प्रेम आलेको गृह पालिका डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २ हजार ३ सय ४३ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीले १ हजार ६ सय ८४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेकपा समाजवादीका भक्तबहादुर साउदले १ हजार ४ सय ७१ मत ल्याउनुभयो । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजय हुनुभएको छ । कांग्रेस उम्मेदवार  डम्मरी कुमारी विष्टले २ हजार ४ सय ७ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो ।

बडीकेदार गाउँपालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको गृह पालिका हो । बडीकेदारमा नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया