विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

 जेठ १, २०७९ आइतबार १०:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले दुई हजार ५ सय ८३ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले एक हजार ६ सय ९० मत ल्याउनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले सात सय ६३ र राप्रपाका उम्मेदवार प्रह्लादप्रसाद साहले ४ सय १८ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा एमालेका शिल्पा कार्कीले एक हजार ८ सय, जसपाका अमरेन्द्र यादव एक हजार एक सय ८३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्य ४ सय ३१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार सय ९ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया