भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे

 जेठ १, २०७९ आइतबार १५:३५:२९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको हाे ।

एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर भनेको र पछि उहाँले नै त्यही मतलाई बदर भनेको विषयमा विवाद भएको हाे । अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया