रेनु दाहालले २ हजार मत कटाउँदा विजय सुवेदी ५२ मतले पछि

 जेठ १, २०७९ आइतबार १६:३८:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ ।

अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि हुनुहुन्छ । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ५१ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी हिमला गुरुङले एक हजार पाँच सय ७१ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया