हरिनास गाउँपालिकामा गठबन्धनलाई ३७ मतले पराजित गर्दै अध्यक्षमा एमालेको जित

 जेठ १, २०७९ आइतबार १६:५४:३९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का खिमनारायण मानन्धर विजयी हुनुभएको छ ।

उहाँले गठबन्धन अन्तर्गतका नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मानन्धरले चार हजार सात सय ६९ मत ल्याउँदा भुजेलले चार हजार सात सय ३२ मत ल्याउनु भएको हो । 

यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी हुनुभएको छ । उहाँले चार हजार सात सय ४० मत पाउनु भएको छ । गठबन्धनअन्तर्गत माओवादीका मिठु लम्सालले चार हजार सात सय १६ मत ल्याउनु भएको छ । 

सातवटा वडा रहेको हरिनासको वडा नम्बर १ मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ, वडानम्बर २ मा कांग्रेसकै चित्रबहादुर थापा, वडानम्बर ३ मा ओमप्रकाश सिग्देल, वडानम्वर ४ मा सन्तबहादुर थापा, वडानम्बर ५ मा निर्मल लम्साल, ६ मा दिलबहादुर राना र वडा नम्बर ७ मा भरत थापा विजयी हुनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया