इटहरीमा कांग्रेस उम्मेदवार ७ सय २७ मतले अघि

 जेठ १, २०७९ आइतबार १७:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – इटहरी उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रता लिइरहनुभएकाे छ । 

ताजा मतगणनामा पाैडेलले तीन हजार २१ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार यमकुमार सुब्बाले दुई हजार दुई सय ९४ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा एमालेकी संगीता चाैधरीले अग्रता लिइरहनुभएकाे छ । चाैधरीले दुई हजार पाँच सय १९ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका केशव विष्टले एक हजार नाै सय २४ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया