सोलुखुम्बुको लिखुपिकेमा कांग्रेसका उम्मेदवार विजयी

 जेठ १, २०७९ आइतबार १७:५४:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै लिखुपिके गाउँपालिका अध्यक्षमा मिना कार्की र उपाध्यक्षमा ङवाङ ल्हाक्पा शेर्पाले जित हात पारेका हुन् ।

मिना कार्कीले पूर्व पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतले पछि पार्दै जित हात पार्नुभएकाे हाे । बस्नेतकाे पक्षमा ११ सय १३ मत खसे । 

यस्तै, पालिका उपाध्यक्षमा जित हात पार्नुभएका ङवाङल्हाक्पा शेर्पाले १४ सय ११ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार प्रमिला बस्नेतले ८ सय ६७ मत ल्याउनुभयाे । बस्नेत यस अघि पनि यही पालिकाकी निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्याे ।

त्यस्तै नेकपा एमालेबाट पालिका अध्यक्षका उम्मेदवार पोष्टकुमार कार्कीले ५ सय ८० मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया