कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
पर्सा – मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाे मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले दुई हजार दुई सय ८२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।
यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले नाै सय १६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ । अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना भइरहेकाे छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक हप्ता लाग्ने छ ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ । एमाले र लोसपाबीच अर्को समूह बनाएर वीरगञ्जका निवर्तमान मेयर सरावगीलाई उम्मेदवार बनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।