हुम्लाकाे ताजाकाेट गाउँपालिका अध्यक्षमा माओवादी विजयी

 जेठ १, २०७९ आइतबार १९:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – हुम्लाकाे ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत प्राप्त गरेर जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका अजमल बुढाले नौ सय ९५ मत प्राप्त गर्नुभयो । 

यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । पाँच वटा वडामध्ये चार वटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया