मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

 जेठ १, २०७९ सोमबार ५:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि भीमफेदीमा अध्यक्षमा उहाँ विजयी हुनुभएको हो ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गर्नुभयो भने स्याङ्तानले ५२०९ मत प्राप्त गर्नुभयो। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका  सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्नुभयो । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । रानाले ५ हजार २९९ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया