काठमाण्डौ महानगरमा बालेन शाहलाई २६ सयभन्दा धेरै मतको अग्रता

 जेठ २, २०७९ सोमबार ७:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ६ सय ६५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६  मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६ सय ४० मत प्राप्त गर्नु भएको छ  ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले ५ हजार ८ सय ४४ मत ल्याउनु भएको छ ।  एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६ सय ९ मत प्राप्त गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया