खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १४:२५:५४ | नवीन गुरुङ
unn.prixa.net

मेयरमा विजयी थपलिया र उपमेयरमा विजयी बज्राचार्य । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका महेश थपलिया मेयरमा विजयी हुनु भएको छ । 

थपलियाले ८ हजार ३४ मत ल्याउनुभयो । २ हजार ४ सयभन्दा धेरै मतान्तरले थपलिया विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका जीतबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याउनुभयो । 

उपमेयरमा एमालेकी महेश्वरा बज्राचार्य विजयी बन्नुभएको छ । बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दिव्यराज बरालले ५ हजार १ सय ४४ मत प्राप्त गर्नुभयो । 

२०७४ को चुनावमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया