सुनसरीकाे दुई उपमहानगरमा कांग्रेसकाे अग्रता

 जेठ २, २०७९ सोमबार १४:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – इटहरी उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिइरहेकाे छ । कांग्रेस उम्मेदवार हेमकर्ण पाैडेलले ५ हजार ३ सय ३६ मतका साथ अग्रता लिइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले ४ हजार २ सय ७२ मतसहित पछ्याइरहनुभएकाे छ । 

उपमेयरमा एमालेकी संगीताकुमारी चाैधरीले ४ हजार ६ सय ८७ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा एसका केशवकुमार विष्टले ३ हजार ५ सय ५० मतसहित पछ्याइरहनुभएकाे छ । 

यस्तै धरान उपमहानगरपालिकामा पनि गठबन्धनबाट कांग्रेसले अग्रता लिइरहेकाे छ । कांग्रेस उम्मेदवार किशाेर राईले ३ हजार ५ सय ४५ मतसहित अग्रता लिइरहननुभएकाे छ । उहाँलाई एमालेकी मन्जु भण्डारी सुवेदीले २ हजार ६ सय ७९ मतसहित पछ्याइरहनुभएकाे छ । 

उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा ३ हजार ८ सय ३० मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेका पदमप्रसाद लिम्बु ३ हजार २ सय ३७ मतसहित दाेस्राेमा हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया