काठमाण्डाैमा बालेन शाहकाे अग्रता बढेकाे बढ्यै

 जेठ २, २०७९ सोमबार १६:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ३ सय २९ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

अहिलेसम्मकाे गणनामा शाहले ७ हजार १ सय ६ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ७७ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार २ सय ९६ मत प्राप्त गर्दै अग्रता लिइरहनुभएकाे छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार १७ मत प्राप्त गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया