विश्व टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियाले भारतलाई दियो ४ सय ४४ ...
जेठ २७, २०८० शनिबार
चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ५८ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।
पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ७ सय २७ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहनुभएकाे छ । उहाँले २ हजार १ सय १४ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ५ सय ५७ मत पाउनु भएको छ । एमालेकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत प्राप्त गर्नु भएकाे छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।