भरतपुरमा फेरि रेनु दाहाल अघि, विजय सुवेदी १२ मतले पछि

 जेठ २, २०७९ सोमबार १८:५१:३१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ । 

दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्‍याउनुभएकाे छ । 

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमालेकी हिमला गुरुङले ४ हजार ४२ मत प्राप्त गर्नु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया