बाँकेको राप्तीसोनारी गाउँपालिकामा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ९:४९:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्तबहादुर पौडेल विजयी हुनुभएको छ ।

पौडेल १० हजार ११२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै मनिषा सिंह थारु विजयी हुनुभएको छ ।  उहाँ १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी हुनुभएका पौडेल नेपाली कांग्रेस बाँकेको निवर्तमान सचिव हुनुहुन्छ । उपाध्यक्षमा नेकपा एमालेका चमेली वाकवलले ९ हजार ३४१ र नेकपा माओवादी केन्द्रका मञ्जु रोकायले ८ हजार ७९३ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा राप्तीसोनारीका ९ वटा वडामध्ये ५ वडामा नेकपा एमाले, ३ वडामा नेकपा माओवादी केन्द्र र १ वडामा राप्रपा विजयी भएका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया