भरतपुरमा रेनु दाहाललाई १ सय ६७ मतकाे अग्रता

 जेठ ३, २०७९ मंगलबार १४:५०:५८ | राधेश्याम खतिवडा
unn.prixa.net

काठमाण्डाै – भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार आठ सय ४९ मतसहित अग्रता लिइरहनुभएकाे छ उहाँलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार एक सय ५२ मतसहित पछ्याइरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया