गाेरखाकाे गण्डकी गाउँपालिका अध्यक्षमा माओवादीका तिमिल्सिना विजयी

 जेठ ३, २०७९ मंगलबार १८:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फेसबुक

गाेरखा – गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी हुनुभएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ६ हजार तीन सय २६ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका होमबहादुर रानामगरले चार हजार ६ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अधिकारीले चार हजार आठ सय २१ मत र उहाँका प्रतिस्पर्धी जसपाका भीमनारायण श्रेष्ठले चार हजार ४४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाकाे आठ वटा वडामध्ये माओवादी केन्द्रले ६, एमालेले एक र कांग्रेसले एउटा वडामा अध्यक्ष जितेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया