सुर्खेतकाे पञ्चपुरी नगरपालिका मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १९:१४:२४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको हो ।

भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा रेग्मीले  ६ हजार ९४ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैशीले पाँच हजार १६८ मत ल्याउनु भएको छ ।  

पञ्चपुरीमा सात वटा वडामा नेपाली कांग्रेस, तीन वटा वडामा एमाले  र एक वटा वडामा माओवादी केन्द्र विजयी भएका छन् । पञ्चपुरीमा ११ वटा वडा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया